४ बैशाख २०८३, शुक्रबार
Logo

अध्यक्ष छत्रराज डंगोलद्वारा बिद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

बिदुर नगरपालिका वडा नम्बर ५ तल्लो पिपलटार स्थित चन्द्रज्योती माध्यमिक बिद्यालयका ब्यबस्थापन समिती अध्यक्ष छत्रराज डंगोलद्वारा बिद्यालय लाई दुइलाख पैंतालीस हजार बराबरको स्मार्ट बोर्ड हस्तान्तरण गर्नुभएको छ ।

बिद्यालयको ६३ औं वार्षिकोत्सबको अवसरमा ब्यक्तिगत लगानीमा उक्त स्मार्ट बोर्ड बिद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रविधी मैत्री सिकाइलाई सहयोग पुग्ने बिश्वासका साथ आफुले उक्त स्मार्ट बोर्ड हस्तान्तरण गरेको समाजसेवी तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डंगोलले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्