जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, खेल र खेलाडीका लागि लगानी बढाउन साम्सद तामाङको जोड ।

१३ औं नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा सुरु भएको छ ।

संघिय सांसद एवम् पुर्बमन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रतियोगिता १० गते सम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहलाई शुभकामना दिनुहुँदै प्रमुख अतिथी हित बहादुर तामाङले नुवाकोट जिल्ला खेलकुदमा संभावना भएको जिल्ला हुनुका साथै राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रतियोगितामा नुवाकोटका खेलाडी अग्रस्थानमा रहेर राष्ट्रको नाम उच्च राख्न सफल रहेको बताउनु भयो ।

खेलकुदमा लगानी नपुगेको बताउनुहुँदै प्रमुख अतिथी तामाङले खेल र खेलाडीका लागि प्रत्येक स्थानीय तहले आगामी बर्ष देखि बजेट ब्यबस्थापन गरेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा साम्सद बिमला सिबेदी, जिल्ला समन्वय समिती प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, पुर्ब सांसद हिरानाथ खतिवडा, नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक पुष लामिछाने, नेकपा एमाले जिल्ला उपाध्यक्ष बुद्धि प्रधान, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ, म्यागङ अध्यक्ष आसा तामाङ, किस्पाङ गाउँपालिका कार्यबाहक अध्यक्ष अर्जुन प्रसाद न्यौपाने, बिदुर नगरपालिका उप प्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरि प्रसाद रिमालको, जिल्ला प्रहरी प्रमुख संजय सिंह थापाको उपस्थिति रहेको थियो ।

यसैबीच प्रतियोगिताको पहिलो दिनको समाप्तिमा ५ स्वर्ण पदक सहित लिखु गाउँपालिका पहिलो र पञ्चकन्या गाउँपालिका १ स्वर्ण सहित दोश्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा बिदुर नगरपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका, लिखु गाउँपालिका, ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, शिवपुरी र दुप्चेश्वर गाउँपालिका रहेका छन् ।

जिल्ला खेलकुद बिकास समिति अध्यक्ष सन्तोष राइको सभापतित्वमा प्रति













प्रतिक्रिया दिनुहोस्