४ बैशाख २०८३, शुक्रबार
Logo

कामरुदेबी माध्यमिक बिद्यालयलाई मेयर लामाको एकलाख ६० हजार सहयोग

बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर लामा द्वारा कामरुदेबी माध्यमिक बिद्यालय लाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

बिद्यालयको ६० औं वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रमुख लामाले बिद्यालयको नाममा एक लाख ६० हजारको चेक हस्तान्तरण गर्नुभएको बिद्यालयका अध्यक्ष बच्चुराम लामिछानेले बताउनु भयो ।

वार्षिकोत्सब समारोह लाई शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख लामाले बिद्यालयमा प्रबिधिमैत्री कक्षा संचालनकाे लागि पहल गर्ने कुरामा जाेड दिँदै खेलकुद मैदान निर्माण गर्न जग्गाकाेलागी पहल गरिने बताउनु भयो ।

नगर प्रमुख लामाले यस अघि बिद्यालय हाताभित्र धुलो र हिलोमुक्त बनाउन ब्यक्तिगत खर्चमा इन्टरलक इटा उपलब्ध गराउनु भएको बिद्यालयको अध्यक्ष लामिछानेले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्