१ श्रावण २०८३, शुक्रबार
Logo

दुप्चेश्वरमा माटो परिक्षण सुरु

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले माटो परिक्षण सुरु गरेको छ ।

चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश रहेको अध्यक्ष संँग किसान सवलिकरण कार्यक्रम अन्तर्गत कृषि विकास शाखाले बाली संरक्षण तथा माटो परिक्षण कार्यको सुरुवात गरेको हो ।

सोमबार गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले माटो परिक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा उपाध्यक्ष माकुरी तामाङ, प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजाल, वडा अध्यक्ष हरुको उपस्थिति रहेको थियो ।

माटो परिक्षण सम्पन्न गरे पश्चात पालिकामा कुन माटोमा कस्तो प्रकारको बाली लगाउन उपयुक्त हुन्छ सोही अनुसारको नीति बनाउने अध्यक्ष शंकर थापाले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्