१२ श्रावण २०८१, शनिबार
Logo

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित हुनुभएको छ ।.

शुक्रबार भएको निर्वाचनमा मैनाली ३ सय ४५ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी बुद्धिबहादुर प्रधानले २ सय ३७ र माधवप्रसाद तिवारीले १० मत प्राप्त गर्नु भएको हो । वाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका मैनाली यसअघि पनि एमाले नुवाकोटको अध्यक्ष हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिव शिव चित्रकार, उपसचिव (खुला) राजेन्द्र प्रकाश पाण्डे, उपसचिव (महिला) रुपा सापकोटा निर्वाचित भएका छन् ।

जिल्ला सदस्यहरुमा समर बहादुर आलेमगर, रमेश रमण खनाल, हरि अधिकारी, कमल बहादुर श्रेष्ठ, इन्द्र प्रसाद अधिकारी, समीर बलामी लगायत निर्वाचित हुनुभएको न छ ।

Shivapuri rural municipality awareness message jalapanews
FB_IMG_1717769213188-1717769383.jpg

प्रतिक्रिया दिनुहोस्