१२ श्रावण २०८१, शनिबार
Logo

पालिका अध्यक्षले मागे स्पष्टीकरण,वडा अध्यक्ष पनेरुले गरे पत्रकार सम्मेलन

तारकेश्वर गाउँपालिका वडा नं २ का अध्यक्ष शिव प्रसाद पनेरुले गैरकानुनी रुपमा आफूसंग स्पष्टिकरण सोधको भन्दै बिहिबार पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलन मार्फत अध्यक्ष पनेरुले गाउँपालिकाका अध्यक्ष अधिकारीले निती र बिधी बिपरित स्पष्टिकरण सोधको प्रति आपत्ती जनाउदै पत्रकार सम्मेलन गरेको बताए । एउटै विधी, प्रकृया र निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुलाई स्पष्टीकरण सोध्न पाउने कुनै कानुनी आधार नदेखिएको पे्रस बिज्ञप्तीमा उल्लेख छ ।

उनेले भने “पदिय मर्यादालाई समेत नजर अन्दाज गरी गैरकानुनी ढंगले सोधिएको स्पष्टिकरण प्रति खेद प्रकट गर्दछु ” ।
अध्यक्ष पनेरुलाई जेठ आठ गते सात दिने म्याद राखेर पहिलो पत्र र जेठ १४ गते तीन दिने म्याद राखेर दाश्रो पत्रद्धारा स्पष्टिकरण मागिएको थियो ।

पहिलो पत्र

दोस्रो पत्र
तारकेश्वर गाउँपालिकाको शिक्षा शाखाले बुधबार पहिचान सहितको जातिय पोशाक अनिबार्य गरेको बिषयमा आम अभिभावकले पोशाक खरिद गर्न सक्ने अबस्था नरहेको अभिब्यक्ती दिएकै कारण पटक पटक ताकेता गरेर स्पष्टिकरण मागिएको वडा अध्यक्ष पनेरुले बताए ।

Shivapuri rural municipality awareness message jalapanews


पत्रकार सम्मेलनमा तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद रिमाल, वडा नं ४ का अध्यक्ष हरि बहादुर पौडेल, वडा नं ६ का अध्यक्ष नारायण रिमाल लगाएतले पालिका अध्यक्षको गैरकानुनी र स्वच्छाचारी कार्य सम्पादनले जनप्रतिनिधी र आम नागरिकले निकै कष्ट बेहोर्नु परेको धारणा राखेका छन् ।


कार्यक्रममा नेकपा एमालेका तारकेश्वर अध्यक्ष केशब प्रसाद घिमिरे,नेकपा माओवादी केन्द्रका तारकेश्वर अध्यक्ष सोम बहादुर तामाङले गैरकानुनी र अब्याबहारिक निर्णयको भार नागरिकहरुलाई जबर्जस्ती बोकाउनु दुखको कुरा रहेको बताए ।


बिवादै बिवादका बिच बिहिबार उपाध्यक्ष सहित वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गरेर अध्यक्ष अधिकारीले गरेको गैरकानुनी कामहरुले सिमा नाघेको बताएका छन् ।
अध्यक्ष शिव अधिकारी र कार्यपालिका सदस्यहरु बिच मतान्तर रहदा सधै जसो गाउँपालिका बिवादित बन्ने गरेको छ । अध्यक्ष शिव अधिकारीलाई अनियमितता, निती बिपरितका कार्य सम्पादन र किर्ते गरेको आरोप पटकपटक लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्