१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको तारकेश्वरमा वार्षिक परिक्षामा दुइवटा कक्षाको प्रश्न पत्र एउटै

प्रत्येक दिन लफडा हुने तारकेश्वरमा फेरि एकपटक वार्षिक परिक्षामा दुइवटा कक्षाको प्रश्न पत्र एउटै निकालेर गंभिर लापरबाही गरेको पाइएको छ ।

गाउँपालिका द्वारा वार्षिक परिक्षाको कक्षा ६ र ७ को सामाजिक बिषयको प्रश्न पत्र एउटै निकालेर गम्भीर लापरबाही गरेको भेटिएको हो ।

मंगलबारको सामाजिक बिषयको परिक्षामा कक्षा ६ र ७ को प्रश्नपत्र एउटै परेपछि हतार गरेर अर्को प्रश्नपत्र निकालिएको बुझिएको छ ।

त्यस्तै कक्षा ७ को गणित र
कक्षा ३ को अंग्रेजी बिषयको प्रश्नपत्र समेत त्रुटिपूर्ण रहेको पाइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्