नुवाकोटको तारकेश्वरमा वार्षिक परिक्षामा दुइवटा कक्षाको प्रश्न पत्र एउटै
प्रत्येक दिन लफडा हुने तारकेश्वरमा फेरि एकपटक वार्षिक परिक्षामा दुइवटा कक्षाको प्रश्न पत्र एउटै निकालेर गंभिर लापरबाही गरेको पाइएको छ ।
गाउँपालिकाद्वारा वार्षिक परिक्षाको कक्षा ६ र ७ को सामाजिक बिषयको प्रश्न पत्र एउटै निकालेर गम्भीर लापरबाही गरेको भेटिएको हो ।
मंगलबारको सामाजिक बिषयको परिक्षामा कक्षा ६ र ७ को प्रश्नपत्र एउटै परेपछि हतार गरेर अर्को प्रश्नपत्र निकालिएको बुझिएको छ ।
त्यस्तै कक्षा ७ को गणित र कक्षा ३ को अंग्रेजी बिषयको प्रश्नपत्र समेत त्रुटिपूर्ण रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्