१२ श्रावण २०८१, शनिबार
Logo

कन्चना सहिद स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता सोमबार बाट

कन्चना सहिद स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता सोमबार बाट सुरु भएको छ ।

जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सन्तोष राइको प्रमुख आतिथ्यतामा बेलकोटगढी ४ दियालेमा सोमबार एक कार्यक्रम बिच सुरु गरिएको हो ।

डिएनएस क्लब द्वारा आयोजना गरिएको प्रथम कन्चना शहिद स्मृति सेभेन ए साइड नकआउट फुटवल प्रतियोगिता उट्घाटन समारोहमा बेलकोटगढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष चन्द्र बहादुर लामा, वाइसीएल नेता प्रकाश लामा, हाप्किडो संघका बागमती प्रदेश अध्यक्ष मनोज गुरुङ,बेलकोटगढी नगरपालिका वडा नम्बर ४ का पार्टी प्रतिनिधि लगायत वडामा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथी जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सन्तोष राइले शुभकामना मन्तव्य राख्नुहुँदै जिल्लाका स्थानीय तह स्तरिय,वडा स्तरिय, जिल्ला स्तरिय प्रतियोगिताहरु आयोजना गर्नको लागी नुवाकोट जिल्ला खेलकुद विकास समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै समन्वय र सहकार्य गर्दै आइरहेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष राइले भन्नुभयो “संघ र प्रदेश संग समन्वय गरेर नुवाकोटको खेलकुद क्षेत्रमा फड्को मारिने छ” ।

प्रतियोगिताको उद्घाटन खेलमा डिएनएस युवा क्लबले लालिगुरास युवा क्लब लाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा दि मालिका युवा क्लब द्वारा अबिसुरा युवा क्लब “ए” २-० गोल अन्तरले पराजित भएको छ

त्यसैगरी कन्चना देउराली युवा क्लब द्वारा न्यु भिजन युवा क्लब २-१ गोल अन्तरले पराजित भएको छ ।

त्यस्तै अर्को खेलमा शुभ बिहानी युवा क्लबले बनदेबी युवा क्लब लाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

त्यसैगरी अबिसुरा युवा क्लब “बि” बाघखोर युवा क्लब २-० गोल अन्तरले पराजित भएको छ ।

डिएनएस युवा क्लब द्वारा अबिसुरा युवा क्लब “बि” १-० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्