१२ श्रावण २०८१, शनिबार
Logo

स्वर्गीय आमाबुवाको सम्झनामा प्रतिक्षालय निर्माण

स्वर्गीय आमाबुवाको सम्झनामा छोराहरुले प्रतिक्षालय निर्माण गरेका छन् ।
तारकेश्वर गाउँपालिका वडा नं ६ निवासी अर्जून कुमार अर्याल,मधुसुधन अर्याल,रिद्दी कुमार अर्याल, केशबराज अर्याल र पाण्डप अर्यालले स्वर्गीय बुवा राम प्रसाद अर्याल र आमा सितादेवी अर्यालको सम्झनामा प्रतिक्षालय निर्माण गरेका हुन् ।
अर्याल परिवारले बिहिबार एक कार्यक्रमको आयोजना गरि निर्माण सम्पन्न प्रतिक्षालय बिदुर नगर पालिकालाई हस्तान्तरण गरेका हुन । गत बर्ष सवारी दुर्घटनामा अर्याल परिवारले एकै साथ बुवा राम प्रसाद अर्याल र आमा सितादेवी अर्याल गुमाएका थिए । सवारी दुर्घटना स्थल बिदुर नगरपालिका वडा नं १२ चैनपुरमा अर्याल परिवारले पारिवारीक लगानीमा प्रतिक्षालय निर्माण गरेका छन् ।


बिदुर नगरपालिकाका नगर प्रमुख राजनलाल श्रेष्ठले प्रतिक्षालयको आबश्यक संरक्षण गर्ने बताए । प्रमुख श्रेष्ठले सवारी दुर्घटना रोक्न बिदुर नगरपालिका सडक स्तर उन्नती, चालकलाई सचेतना तालिम तथा पुराना सवारी कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने काममा लागेको बताए ।
बिदुर नगरपालिका उपप्रमुख प्रभा बोगटीले आमाबुवाको सम्मानको लागी सुसंस्कारको बिकाश भएको बताउदै हरेक छोराछोरीले आमाबुवाको सम्मान गर्नु पर्ने बताए ।
तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरी प्रसाद रिमालले शिक्षाप्रेमी अर्याल दम्पतीको अकल्पनिय निधनले निकै मर्माहित बनाएको बताए । उपाध्यक्ष रिमालले सडक दुर्घटनाका घटना कम गर्न सडक सवारी र चालकको अबस्था तन्दुरुस्त राख्न स्थानिय सरकारले पहलकदमी लिनु पर्ने बताए ।


कार्यक्रममा बिदुर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष उपिन्द्र खड्का,तारकेश्वर गाउँपालका वडा न. ६ का अध्यक्ष नारायण प्रसाद रिमाल, नेपाली कांग्रेसका नेता सिंहराज तामाङ, नेतृ गिता अमात्य, युवा नेता लोकेश रिमाल, माओवादी नेता राजेन्द्र पनेरु तथा स्थानिय नागरिकहरको उपस्थिति रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्