१२ श्रावण २०८१, शनिबार
Logo

भुपु आर्मीले दूध बेचेर फर्किदै गरेको कृषक कुटे

भुतपुर्व आर्मी अर्जुन रिमालले छिमेकी रामहरि रिमाललाई मरणासन्न हुने गरि कुटपिट गरेको खुलेको छ ।

तारकेश्वर गाउँपालिका वडा नं ६ मजुवाका कृषक रामहरि रिमाल डेरीमा दुध बेचेर फर्किदै गर्दा भुतपुर्व आर्मी अर्जुनले कुटपिट गरेको परिवार श्रोतले बताएको छ ।

घाइतेको ग्रीनसिटी अस्पताल काठमाडौमा उपचार भैरहेको र अबस्था जटिल रहेको बिरामी कुरुवा धुर्व रिमालले जानकारी दिनु भयो ।

कुटपिटमा संलग्न भएका भनिएका अर्जुन रिमाल प्रहरी नियन्त्रणमा छन । जिल्ला प्रहरी प्रबक्ता खगेन्द्र खड्काले घटनाबारे थप अनुसन्धान भैरहेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्