१२ श्रावण २०८१, शनिबार
Logo

पेट्रोल खनाएर आत्मदाह प्रयास

नुवाकोट, फागुन १८ । लिखु गाउँपालिकाका बिकल खड्काले टोखा नगरपालिका वडा नम्बर १ झोरको शिवपुरी जङ्गलमा पेट्रोल खनाएर आत्मदाह प्रयास गरेका छन् ।

शुक्रबार दिउँसो २:३० को समयमा खड्काले आफू चढेको मोटरसाइकल सडकमा रोकी राष्ट्रिय निकुञ्जको तारबारबाट जङ्गलमा प्रवेश गरि आफू माथि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको प्रहरी प्रभाग टोखाले जनाएको छ।
नुवाकोट लिखु गाउँपालिका स्थायी घर भएका ब्यक्तिले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ । शिक्षण अस्पताल महाराजगन्जमा युवाको उपचार भैरहेको छ । आगोले जलेका युवाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्