४ बैशाख २०८३, शुक्रबार
Logo

चन्द्रज्योती माध्यमिक बिद्यालयको ६३ औं वार्षिकोत्सब विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

चन्द्रज्योती माध्यमिक बिद्यालयले स्थापनाको ६३ औं वार्षिकोत्सब विविध साँस्कृतिक कार्यक्रम सहित मनाएको छ ।

मंगलबार बिद्यालयमा आयोजना गरिएको वार्षिकोत्सब कार्यक्रममा बिद्यालयको उन्नयनका विविध पक्षमा सरोकारवालाहरुले धारणा राखेका थिए ।

त्यसैगरी बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष छत्रराज डंगोलले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले प्रविधिमैत्री वातावरणमा पढाउन सहयोग पुग्ने बिश्वासका साथ १ थान स्मार्ट बोर्ड बिद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । वार्षिकोत्सब कार्यक्रमको अवसरमा बिद्यालयका बिद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुति दिएका थिए, वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई पुरस्कार बितरण गर्नुका साथै बिद्यालयमा लामो समय पठनपाठनमा सहयोग पुर्याएका पुर्ब शिक्षकहरू लाई सम्मान गरिएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्