१२ श्रावण २०८१, शनिबार
Logo

बेलकोटगढी उप प्रमुखको अडियो विवाद, सत्यतथ्य बाहिर ल्यान माओवादी केन्द्रको जोड

बेलकोटगढी नगरपालिका उपप्रमुख शिव प्रसाद दाहाल र ठेकेदार बिचमा अनुचित लाभ सम्बन्धमा आएका टीका टिप्पणी प्रती नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगर समितीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार बेलकोटगढी नगर समिती अध्यक्ष शिव पौडेल र सचिब मनराज गुरुङद्वारा बिज्ञप्ती जारी गर्दै बेलकोटगढी नगरपालिका र नेपाली कांग्रेसले आम जनसमुदाय समक्ष सत्यतथ्य स्पष्ट पार्न बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको हो ।

बिगत केही समय देखि सामाजिक संजालमा आएका कुराकानीको सम्बन्धमा बेलकोटगढी नगर उपप्रमुख शिव प्रसाद दाहालले फोनमा कुराकानी भएको तर कमिसन लिने आसयले कुरा नगरेको बिज्ञप्ती निकालेका थिए ।
बेलकोटगढिका आम सरोकारवालाहरुले भने कमिसन सम्बन्धी कुरो भएको आरोप लगाइरहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्