१२ श्रावण २०८१, शनिबार
Logo

पाँचौ दुप्चेश्वर कप पुरुष भलिबल उपाधी घरेलु टिम दुप्चेश्वरलाइ

पाँचौ दुप्चेश्वर कप नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा म्यागङ गाउँपालिकालाई हराउँदै आयोजकले उपाधी हात पारेको हो ।

त्यसैगरी पञ्चकन्या गाउँपालिकाले प्रतियोगितामा तादी गाउँपालिका लाई हराउँदै तेश्रो स्थान प्राप्त गरेको छ ।

त्यस्तै दुप्चेश्वर गाउँपालिका वडा स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ रातबेसीले जितेको छ । वडा नम्बर ६ समुन्द्रटार दोश्रो, वडा नम्बर ५ बालकुमारी तेश्रो र वडा नम्बर २ गाउखर्कले सान्त्वना स्थान हासिल गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्