१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरमा फर्जी बिलद्वारा लाखौंको भुक्तानी

तारकेश्वर- नुवाकोटका दुई नगरपालिका र दस गाउँपालिका मध्ये बेथिति र अनियमितता हुने पालिका मध्ये तारकेश्वरको पहिलो नम्बरमा चर्चा हुन्छ ।

जनप्रतिनिधिले भनेको नमान्दा कर्मचारीले कुटाई खानु पर्ने , सरुवा भएर जानू पर्ने तथा निकालिने सम्मका क्रियाकलाप पनि तारकेश्वरमै हुने गरेको छ ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्षले आफुले भनेको नमाने पछी प्रमुख प्रसासकिय अधिकृतलाई कुटपिट गरेकी थिइन भने हाल नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष शिव अधिकारीले निरन्तर जसो कर्मचारीहरु माथी दमन गरेको खबर बाहिरिन्छ ।

गत साउनमा गाडी भाडा सम्झौताको बिषयमा प्रमुख प्रसासकिय अधिकृतसंग मत नमिल्दा अध्यक्षले पालिका छाडेर जान दवाब दिए पछि उज्यालो नहुदै अधिकृत सिताराम थापाले पालिका छाडेर हिडेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

तीन महिना पूरा नहुँदै प्रमुख प्रसासकिय अधिकृत फेरिने यो गाउँपालिकामा निमित्त प्रसासकिय अधिकृत र अध्यक्ष अधिकारीले मिलेमतोमा पालिका मनोमानीसङ्ग चलाउ छ्न ।

गत कात्तिक अन्तिम सातामा निमित्त पाएका छबीलाल केसीले अध्यक्ष अधिकारीको निर्देशनमा हुँदै नभएको कार्यक्रमको बिल भुक्तानी गरेको ३ नम्बर वडाका अध्यक्ष सुर्यमान श्रेष्ठले बताएका छन ।

अध्यक्ष श्रेष्ठले आर्थिक बर्षको सुरुवाती दिनमा कुनै कार्यक्रम नभएको बताउदै बिल देखेर अचम्मित भएको बताए । अध्यक्ष श्रेष्ठले पालिकामा हुने गरेको अनियमितता र बेथितिको बारेमा खुलेर बिद्रोह गर्ने बताएका छन ।

गत साउन २ र ३ गते कार्यक्रम भएको उल्लेख गरेर बनाईएको बिलमा के कार्यक्रम गरिएको हो भन्ने खुलेको छैन ।

उपाध्यक्ष हरी रिमालले कार्यक्रमबारे कसैलाई थाहा न भएको बताएका छन । उपाध्यक्ष रिमाल भने” कार्यक्रम भएको भए जानकारी हुन्थ्यो , नभएकै भएर खबर भएन ,यो बिल फर्जी हो” ।

त्यस्तै तारकेश्वर गाउँपालिका वडा नं ६ का अध्यक्ष नारायण रिमालले पनि के कार्यक्रम भएको हो आफुले जानकारी नपाएको बताए । उनले हुँदै नभएको कार्यक्रमको बिल भुक्तानी यो मात्रै पहिलो नभएको बताए ।

गत साउनमा पचास जना सहभागी भनेर बनाइएको बिलमा एक लाख, उनान्चास हजार ,नौ सय उनानसय रुपैयाँ उनान्सय पैसा उल्लेख छ । बिदुर नगरपालिका वडा नं ४ बटार बसपार्क नजिकैको होटल वाटर टावरमा २ दिने कार्यक्रम भएको बिलमा उल्लेख छ ।

त्यस्तै बिदुरको अर्को होटल ‘होटल सनसाइन प्राली’मा पनि अत असोज १० गते चालीस जना सहभागी भएको १ दिने कार्यक्रम ६७ हजार ४ सय १५ रुपैयाँ खर्च भएको उल्लेख छ । तर उपाध्यक्ष लगाएत वडा अध्यक्षहरु कसैलाई पनि कार्यक्रम बारे जानकारी छैन ।

वडा नं २ का अध्यक्ष शिव प्रसाद पनेरुले के कार्यक्रम भयो ? कोको सहभागी भए ? किन आयोजना गरियो भन्ने बारे आफू बेखबर रहेको बताए। पनेरुले आर्थिक बर्षको सुरुवाती दिनमा कार्याक्रम हुन नपर्ने बताउदै फर्जी बिल हुन सक्ने आशंका व्यक्त गरेका छन ।

कार्यक्रमको भुक्तानी फाइलमा कार्यक्रम वारे बिस्तृत जानकारी नदेखिएको र कार्यक्रमको एउटा फोटो समेत समाबेश नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्