१ आश्विन २०८१, मंगलवार
Logo

पार्टी नमिल्दा कृषकले गोरु दर्ता पाएनन्

तारकेश्वर गाउँपालिका वडा नं ३ चन्दनी कटरबोट पाटोमा हुने गोरु जुधाई महोत्सवमा आयोजक समितिले स्थानीयहरुको गोरु दर्ता गर्न अस्विकार गरेको छ।

आयोजकले स्थानीय राजन अधिकारीको गोरु दर्ता गर्न मानेन । माघेसंक्रान्ती गोरु जुधाई महोत्सव समितिका अध्यक्ष मदन श्रेष्ठले आफ्नो गोरु दर्ता नगरिदिएको कृषकले बताएका छन । गोरु दर्ताको लागि लगातार समिति समक्ष पुगेको तर मदन श्रेष्ठले केही समय पर्ख भनेर पर्खाएर दर्ता अस्विकार गरेको कृषकको भनाई छ । कृषकले मदनसङ्ग आफ्नो पार्टी नमिलेकै कारण गोरु दर्ता गर्न नदिएको बताएका छन

गोरु धनी अधिकारीका अनुसार गोरु दर्ताको अन्तिम दिन २४ गते पनि आफू दिनभरी समिती सङ्गै भएको तर दर्ता नगरिदिएको हो ।

आयोजक समितीका अध्यक्ष श्रेष्ठले भने समय अबधि सकिए पछि आएको हुदा गोरु दर्ता गर्न नसकिएको बताएका छन ।

Shivapuri rural municipality awareness message jalapanews

हरेक बर्ष हर्ष र उल्लासका साथ तारुकामा माघ १ गते अर्थात माघेसंक्रान्तीको दिन गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ । उत्कृष्ट गोरु धनीलाई पुरस्कार र प्रोत्साहन समेत गरिन्छ ।

पछिल्लो केही बर्ष एता तारुकाको गोरु पर्व राजनीतिक खिचातानीका कारण दाउपेचमै सिमित देखिन्छ । गाउँपालिकाको लाखौ बजेट झ्वाम पार्ने थलोका रुपमा बिकास भएको गोरु पर्वमा यो बर्ष स्थानिय सरकारले ४ लाख रुपैयाँ खर्चने छ भने गत बर्ष ८ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्