स्वर्गीय आमा बुवाको नाममा दुइलाखको अक्षयकोष

नेपाली काँग्रेस तारकेश्वर गाउँपालिका सभापति केशबराज अर्यालले स्वर्गीय आमा बुवाको नाममा दुइ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ ।
तारकेश्वर गाउँपालिका वडा नं ६ स्थित बागेश्वरी आधारभुत बिद्यालयमा नेपाल अमेरिका सम्पर्क समितीद्धारा आयोजित न्यानो कपडा बितरण कार्यक्रलाई सम्बोधन गर्ने क्रममा सभापति अर्यालले बागेश्वरी आधारभुत बिद्यालयको लागी कोष स्थापना गर्ने घोषणा गर्नु भएको हो ।
स्वर्गीय बुवा राम प्रसाद अर्यालले शिक्षण पेसा सुरुको बिद्यालय तथा सभापति अर्याल आफैँले अध्ययन सुरु गरेको बिद्यालयमा गरिब तथा जेहेन्दार छात्रछात्राहरुको उज्जल भबिष्यको लागी अक्षयकोष स्थापना गर्न लागेको उहाँले बताउनु भयो ।
सभापति अर्यालले स्वर्गीय वुवा राम प्रसाद अर्याल तथा आमा सितादेवी अर्यालको बार्षीकी अगाडी नै बागेश्वरी आबी मजुवा र भमरा आबी भमराको लागि घोषणा गरेको एक /एक लाख रकम बिद्यालयलाई हस्तान्तरण गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्