१२ श्रावण २०८१, शनिबार
Logo

गोल्फुभञ्ज्याङ्गमा अस्थायी प्रहरी पोस्ट

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ गोल्फुभञ्ज्याङ्गमा बुधबार देखी संचालनमा रहने गरि अस्थायी प्रहरी पोस्ट सुरु हुने भएको छ ।

दुप्चेश्वर ४ गोल्फुभञ्ज्याङ्मा अस्थायी प्रहरी चौकी स्थापनाका लागि आफुले सहजीकरण गरेको वडा अध्यक्ष ज्ञान बहादुर तामाङले बताउनु भयो ।

गोल्फुभञ्ज्याङमा प्रहरीको अस्थायी पोस्ट स्थापना पश्चात् दुप्चेश्वरको २,३ र ४ नम्बर वडा, शिवपुरी गाउँपालिका वडा नम्बर १, सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाको ५ र ७ नम्बर वडा, मेलम्ची नगरपालिका वडा नम्बर ४ लगायतका नागरिक लाई सहज हुने वडा अध्यक्ष ज्ञान बहादुर तामाङले बताउनु भयो ।

प्रहरी नायब निरीक्षक (असई) को कमान्डमा अस्थायी प्रहरी पोस्ट रहने वडा अध्यक्ष तामाङले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्