खड्गभञ्ज्याङ्ग महिला सानाकिसान कृषि सहकारी को चौथो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
![](https://www.jalapanews.com/wp-content/uploads/2023/12/WhatsApp-Image-2023-12-24-at-16.57.07_cf7d3204.jpg)
खड्गभञ्ज्याङ्ग महिला सानाकिसान कृषि सहकारी संस्था लि बिदुर ३ को चौथो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।
संस्थाको भवन सिर्खालीमा संस्थाका अध्यक्ष मैना देवी दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा बिदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा बिशेष अतिथि वडा नं ३ का वडा अध्यक्ष बद्री रिमाल , नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा समिति सदस्य पबित्रा घिमिरे,साना किसान बिकास लघुबित्तीय संस्थाका प्रतिनिधि सुर्य अधिकारि ,साना किसान कल्लेरीका मुख्य प्रबन्धक ज्ञान प्रसाद खतिवडा ,साथै निर्वाचित जनप्रतिनिधिहरू,र छिमेकि सहकारिका प्रतिनिधि हरु र स्थानिय समाजसेवि हरुको उपस्थिति रहेको थियो ।
साधारण सभाले संस्थाका अध्यक्ष मैना देवि दाहालको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका प्रमुख लक्ष्मी अमात्यको लेखा सुपरिवेक्षण प्रतिवेदन, संस्थाका प्रवन्धक चन्द्रकला खतिवडाको प्रतिवेदन पारित गरेको छ ।
वि सं २०७६ सालमा स्थापना भएको सहकारीमा १०३ समुहमा विदुर नगरपलिका वडा न.३ र५ का ६०४ किसान सदस्यहरु आवद्ध छन् । २०८० असार मसान्त सम्म सहकारीमा ५४ लाख ६२ हजार शेयर रकम, १ करोड ४९ लाख निक्षेप रकम रहेको छ भने आर्थिक वर्ष २०७९/८० मा सहकारीले कुल ३ करोड ४ लाख ५ हजार लगानी रहेको छ भने खुद ४ लाख ३० हजार ९७१ नाफा गरेको छ ।साधारण सभाले सावित्री ठकुरि माझिको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समित तथा मैना देवि दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिबेक्षण समितिको चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्