२३ कार्तिक २०८१, शुक्रबार
Logo

शिवपुरीमा माओवादी बिशेष रुपान्तरण अभियान समापन गर्न सरल सहयात्री आउने

नेकपा (माओवादी केन्द्र) शिवपुरीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको १५ गते औपचारिक रुपमा समापन गरिने भएको छ ।
नकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीको प्रमुख आतिथ्यतामा पुस १५ गते औपचारिक कार्यक्रम गरि समापन गरिने बताइएको छ ।


शिबपुरी गाउँपालिका वडा नम्बर ८ राम्चे चौरमा औपचारिक कार्यक्रका बिच समापन गरिने कार्यक्रममा नेकपा माओवादी केन्द्रका पदाधिकारी, गाउँकमिटी सदस्य, पार्टी सदस्य, जनवर्गीय संगठनका सम्पुर्ण सदस्यहरु एवम् पार्टीसंग आस्थावान जनसमुदायलाई उपस्थितिको लागि अनुरोध गरिएको प्रदेश कमिटी सदस्य राजन गौतमले बताउनु भयो ।


अभियानको क्रममा अहिलेसम्म ३५ वटा टोल कमिटी गठन भएको छ भने ३ वटा टोल कमिटी गठन गर्न बाँकी रहेको बताइएको छ ।
५५० जनाको पार्टी सदस्यता नविकरण भएको र नविकरण बाँकीको केही समय भित्रमा सकिने बताइएको छ ।


जनवर्गीय संगठन तथा मोर्चाको भेला मार्फत नयाँ नेतृत्व चयन भएका छन्,जस अनुसार तामाङ राष्टिय मुक्तीमोर्चा, वाइसीएल, अखिल नेपाल महीला संघ क्रान्तीकारी, दलित राष्टिय मुक्तीमोर्चा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेवा राष्ट्रिय मुक्तिमोर्चा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी (क्रान्तिकारी) अखिल नेपाल शिक्षक संगठनको पालीका स्तरीय भेला सम्पन्न भएको बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews


त्यसैगरी वडा सम्मेलन मार्फत वडा कमिटीहरु गठन भएका छन् जसमा वडा नम्बर १ मा गोपाल तामाङको अध्यक्षतामा वडा कमिटी पुनर्गठन गरिएको छ । वडा नम्बर २ मा रमेश तामाङ, वडा नम्बर ३ मा रामकृष्ण तामाङ, वडा नम्बर ४ मा आइतराम तामाङ, वडा नम्बर ५ मा बिनोद तामाङ, वडा नम्बर ६ मा इन्द्र बहादुर तामाङ (बाबुराम) वडा नम्बर ७ मा श्याम प्रसाद पाण्डे र वडा नम्बर ८ मा शुभास राज पाण्डेको नेतृत्वमा वडा कमिटी पुनर्गठन गरिएको छ ।


अभियानको पहिलो चरणको समाप्ती संगै अर्को चरणको कार्यक्रम तय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्