१२ श्रावण २०८१, शनिबार
Logo

महाकालिमा निशुल्क आँखा शिविर र शैक्षिक सामाग्री हस्तान्तरण

लायन्स क्लब अफ काठमाडौद्वारा जालपा देबि आधारभुत बिद्यालय शिवपुरीमा ५ महाकालिमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
आँखा शिविरबाट १६० जनाले सेवा लिगेका छन् भने १० जना मोतियाबिन्दुको बिरामी भेटिएका छन् ।


गाउँपालिका अध्यक्ष गोबिन्द प्रसाद थपलियाको प्रमुख आथित्यतामा सम्पन्न भएको शिविरमा समाजसेवी मीन बहादुर तामाङ, प्रधानाध्यापक भक्तराज जोशी, शिक्षिका रत्न लामाले शहजिकरण गर्नुभएको थियो ।


त्यसक्रममा बिद्यालयका ७० जना बालबालिकालाई बिद्यालय पोषाक, स्टेसनरी सामाग्रीका साथै बिद्यार्थी परिचयपत्र प्रदान गरिएको थियो । साथै लायन्स क्लब अफ काठमाडौद्वारा बिद्यालय लाई प्राथमिक उपचार सामाग्री प्रदान गरिएको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष गोबिन्द प्रसाद थपलिया, समाजसेवी एवम् माओवादी केन्द्र शिवपुरी अध्यक्ष मीन बहादुर तामाङ, लायन्स क्लब अफ काठमाडौ अध्यक्ष योगेन्द्र जंग रुम्बाको उपस्थिति रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्