१२ श्रावण २०८१, शनिबार
Logo

माओवादी केन्द्र लिखु ६ को अध्यक्षमा प्रकाश डङ्गोल

नेकपा (माओवादी केन्द्र) लिखु गाउँपालिका ६ नम्बर वडा कमिटीको अध्यक्षमा प्रकाश डंगोल निर्वाचित हुनुभएको छ ।


त्यस्तै उपाध्यक्षहरुमा मछिन्द्र प्रसाद लामिछाने, कल्पना मिजार र फत्त बहादुर भुजेल, सचिव दिपेश जि.सि, सहसचिव आरति घिमिरे र कोषाध्यक्षमा गुणादेबि आचार्य निर्वाचित हुनुभएको छ ।


माओवादी नेता हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा नेताहरू पुष बिक्रम मल्ल, राधिका तामाङ, बुद्धि नेपाली, रजिन्द्र बिक्रम सिंह ठकुरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्