१२ श्रावण २०८१, शनिबार
Logo

दुप्चेश्वरका मानव बेचबिखन प्रभाबितलाई सुनिता फाउण्डेशनको सहयोग

मानव बेचबिखन विरुद्ध क्रियाशिल सामाजिक संस्था सुनिता फाउण्डेसनले समिक्षात्मक कार्यक्रम नुवाकोटको दुप्चेश्वरमा सम्पन्न गरेको छ ।


दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी माकुरी तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो “सुनिता फाउण्डेसनले दुप्चेश्वर गाउँपालिकामा मानव बेचबिखनबाट प्रभावित भएका नागरिकहरुको उद्धार, राहत एवम् पुनस्थापनामा गरेको सहयोग अतुलनीय रहेको छ” ।
उपाध्यक्ष तामाङले सुनिता फाउण्डेसन र गाउँपालिकाको सहकार्यमा बेचबिखन प्रभावितहरुको समस्या समाधानमा लागी पर्ने प्रतिबद्धता ब्यक्तगर्नु भयो ।
संस्थाका अध्यक्ष सुनिता दनुवारसंग बिगत तीन दशक देखि आफुले सहकार्य गरेको स्मरण गर्दै संस्थाले अहिलेसम्म गरेका उपलब्धिमुलुक कामको प्रशंसा गर्नुभयो ।


कार्यक्रममा फाउण्डेसनका प्रबन्ध निर्देशक सुनिता दनुवारले फाउण्डेसनले स्थापना कालदेखी हालसम्म मानव बेचबिखन प्रभावितहरुको पक्षमा सञ्चालन गरिरहेको क्रियाकलापका बारेमा बताउनुभएको थियो ।
बिगत २७ बर्ष देखि यहि क्षेत्रमा काम गरिरहेको बताउनुहुँदै संस्थाका प्रबन्ध निर्देशक दनुवारले भन्नुभयो “हिंसामा परेका मानब जातिको उद्धार र राहत उपलब्ध गराउनु नै संस्थाको उद्देश्य हो ” ।


फाउण्डेसनले सञ्चालन गरिरहेको समृद्धि परियोजना संयोजक अनामिका खतिवडाले परियोजना अन्तर्गत संचालित कार्यक्रमका बारेमा व्याख्या गर्नुभएको थियो ।
नुवाकोटको दुप्चेश्वर, काठमाडौको गोकणेश्वर, सिन्धुपाल्चोकको मेलम्ची र मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा परियोजनाले काम गरिरहेको संयोजक खतिवडाले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

परियोजनाले मानव बेचबिखनको रोकथाम, बेचबिखन प्रभावितहरुको संरक्षण तथा उच्च जोखिममा रहेका महिला तथा बालबालिकाको उद्दार, आधुनिक दासतामा परेका युवाहरुको अधिकार सुनिस्चित गर्ने काम रहेको बताउनु भयो ।
फाउण्डेसनको समृद्धी परियोजना अन्तर्गत नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मानव बेचबिखनबाट प्रभावित भएका १८ जना महिला र उनिहरुको परिवारको जिबिको पार्जनकालागि विभिन्न आय आर्जन मुलक कार्यक्रम सञ्चालन गरिरहेको छ भने दुइजना प्रभावितका लागि जिल्ला अदालत नुवाकोटमा कानुनी सहजीकरण गरिरहेको छ ।


प्रभावित मध्ये तिनजनालाई बाख्रा पालनकालागि खोर निर्माण बाख्रा हस्तान्तरणका साथै व्यावसायिक तालिम तथा अवलोकन भ्रमण गराइएको संस्थाका जिल्ला अधिकृत अमृता तिवारीले जानकारी दिनु भयो । तिनजना प्रभावित बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण सहित बिद्यालयसंगको सहकार्यमा निशुल्क शिक्षा प्रदान गरिएको अधिकृत तिवारीले बताउनु भयो ।


त्यसैगरी परियोजना अन्तर्गत तरकारी खेती, किराना पसल, सुँगुर पालन, जीवन उपयोगी सीप, फास्टफुड सेन्टर, ड्राइभिङ तालिम, साना उद्योग सञ्चालन, मनोसामाजिक तालिम प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।


सस्ंथाका अध्यक्ष तारादेवी खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङ, वडा नम्बर ७ का अध्यक्ष बुद्धिमान तामाङ (अर्जुन) गैरसरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष गोकर्ण नेपाल, दुप्चेश्वर गाउँपालिका महिला तथा बालबालिका शाखा अधिकृत लगायतले आफ्ना धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्