१२ श्रावण २०८१, शनिबार
Logo

साम्सद तामाङद्धारा चेङेरेङ्ग छोइलिङ गुम्बा शिलान्यास

शिवपुरी ५ तल्लो घ्याङमा निर्माण गर्न लागिएको चेङेरेङ्ग छोइलिङ गुम्बाको संघीय साम्सद हित बहादुर तामाङले एक समारोह बिच शिलान्यास गर्नुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व बिभागले निर्माण गर्न लागेको उक्त गुम्बाको शिलान्यास साम्सद हित बहादुर तामाङले गर्नुभएको हो ।


कुल १ करोड ५५ लाख बराबरको लागतमा बन्न लागेको गुम्बाको हारती माता/ टिएम/भैरवनाथ जेभि निर्माण कम्पनिले १ करोड २८ लाख रुपैयामा ठेक्का लगाएर निर्माण सुरु गर्न लागिएको बताइएको छ ।


गुम्बा शिलान्यास कार्यक्रममा संघीय साम्सद हित बहादुर तामाङ, प्रदेश साम्सद राधिका तामाङ, नेकपा एसका नेता पदम उप्रेती, नेकपा माओवादी केन्द्र शिवपुरी अध्यक्ष मीन बहादुर तामाङ एवम् बौद्ध धर्मगरु/ भिक्षुहरुको उपस्थिति रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्