१२ श्रावण २०८१, शनिबार
Logo

तामाङ राष्ट्रिय मुक्तिमोर्चा किस्पाङको अध्यक्षमा गणेश तामाङ (वाइबा)

नेकपा (माओवादी केन्द्र) को जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा विभिन्न पालिकाहरुमा जनवर्गीय मोर्चाको भेला सम्पन्न भएको छ ।
प्रथम किस्पाङ गाउँपालिका स्तरीय तामाङ राष्ट्रिय मुक्तिमोर्चाको भेला सम्पन्न भएको छ ।
गणेश तामाङ (वाइबा) को अध्यक्षतामा किस्पाङ गाउँकमिटी गठन गरिएको छ ।


मोर्चाको उपाध्यक्ष बिष्णुमाया तामाङ, पञ्च बहादुर तामाङ, सचिब गोपाल तामाङ र कोषाध्यक्षमा प्रेममाया तामाङ सहित ११ सदस्यीय गाउँ कमिटी गठन गरिएको जिल्ला अध्यक्ष सोम बहादुर तामाङले बताए । भेलामा माओवादी नेताहरु जयमान वाइबा, सोम बहादुर तामाङ, उषा वाइबा लगायत नेताहरुले प्रशिक्षण दिएका थिए ।


बुधबार मोर्चाले किस्पाङ गाउँपालिकाका कार्यबाहक अध्यक्ष अर्जुन प्रसाद न्यौपाने समक्ष मातृभाषा शिक्षा लागू गराउन ज्ञापनपत्र पेश गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्