तामाङ राष्ट्रिय मुक्तीमोर्चा सुर्यगढीको प्रथम भेला सम्पन्न, अध्यक्षको जिम्मेवारी जितुलाई

नेकपा (माओवादी केन्द्र) को जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा विभिन्न पालिकाहरुमा जनवर्गीय, मोर्चाको भेला सम्पन्न भएको छ ।
जस अन्तरगत सुर्यगढी गाउँपालिका स्तरीय तामाङ मुक्तिमोर्चाको भेला सम्पन्न भएको छ । जित बहादुर तामाङ (जितु) को अध्यक्षतामा गाउँपालिका कमिटी गठन भएको छ,
कमिटीको उपाध्यक्षमा ठाकुर तामाङ, सन्तोष तामाङ र राम बहादुर तामाङ रहेका छन् । त्यस्तै सचिब राज तामाङ, सहसचिव रामकृष्ण तामाङ र कोषाध्यक्ष कबिता तामाङ रहेका छन् ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य पुष्प लामिछाने (अरुण) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा नेताहरू गुरु प्रसाद अधिकारी, राजकुमार तामाङ लगायतले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्