सुर्यगढी १ मा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत जनबर्गिय भेला सम्पन्न
तामाङ राष्ट्रिय मुक्ति मोर्चा सुर्यगढी १ को अध्यक्षमा साइला तामाङ चयन भएका छन् ।
सुर्यगढी १ लच्याङमा आयोजना गरिएको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा तामाङ मुक्तिमोर्चा वडा कमिटीमा २५ सदस्यीय रहेको छ ।
त्यसैगरी नेपाल दलित मुक्ति मोर्चा नेपाल कृष्ण सुनार ( सानो )को नेतृत्वमा ९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । अखिल नेपाल किसान महासङ (क्रान्तिकारी) वडा कमिटी अध्यक्षमा मोतिलाल स्याङतानको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जेष्ठ कम्युनिस्ट मंच चन्द्र ब गोले तामाङको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी )को सुर्यगढी वडा नम्बर १ को अध्यक्षमा फुल माया तामाङको नेतृत्वमा१३ सदस्यीय वडा कमिटी गठन भएको छ ।
तमु मुक्ति मोर्चा नेपालको शंकर गुरुङको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरीय कमिटी गठन भएको छ।
वडा कमिटी अध्यक्ष राजकुमार तामाङ (रन्जित) को अध्यक्षतामा बसेको समिक्षात्मक बैठक तथा भेलामा नेताहरु राजेन्द्र न्यौपाने, गुरु प्रसाद अधिकारी, रामेश्वर खनाल, राज कुमार तामाङ (समीर), सुरज तामाङ, रबिन्द्र गोले तामाङ, रमेश तामाङ, जित बहादुर सेन्देन, कृष्ण बहादुर सुनार, कर्ण बहादुर तामाङ, गणेश सत्याल लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्