१२ श्रावण २०८१, शनिबार
Logo

तामाङ राष्ट्रिय मुक्तिमोर्चा तारकेश्वरको अध्यक्षमा गंगा बहादुर तामाङ

नेकपा (माओवादी केन्द्र) को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान तारकेश्वरको जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलनको आयोजना भैरहेका छन् ।

अभियानकै बिचमा तामाङ राष्ट्रिय मुक्तिमोर्चा तारकेश्वरको भेला सम्पन्न भएको छ । अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षतामा गठन भएको गाउँ कमिटीमा उपाध्यक्षहरु उषा तामाङ र एकराज तामाङ, सचिव सुनिल तामाङ, सहसचिव कमल तामाङ र कोषाध्यक्ष रोजि तामाङ रहेका छन् ।

गाउँभेलालाई तामाङ राष्ट्रिय मुक्तिमोर्चाका बागमती प्रदेश अध्यक्ष सोम्बले तामाङ (अक्कल), संविधान सभाका सदस्य राममायाँ बोगटी, नेताहरू रामेश्वर खड्का, सोम बहादुर तामाङ, संझना गुरुङ लगायतका नेताहरुले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।

त्यसैगरी तामाङ मुक्तिमोर्चा बागमती प्रदेश कमिटी अध्यक्ष सोम्बले तामाङको नेतृत्वमा गाउँपालिकालाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ । संविधानको भाग-३, धारा ३१ उपधारा (५) धारा ३२ को उपधारा (१) र (३) भाग -४ उपधारा ५१ (ग) को (७) मा ब्यबस्था भए अनुसार मातृभाषा लागुगर्न, साँस्कृतिक सम्पदाको संरक्षण गर्न एवम् प्रथाजन्य कानुन निर्माण गरि यसै आर्थिक बर्ष देखि कार्यान्वयन गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्