१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा समाजवादी मोर्चाको प्रथम भेला सम्पन्न

नुवाकोटमा समाजवादी मोर्चाको प्रथम भेला सम्पन्न भएको छ ।


शनिवार नुवाकोटको विदुरमा नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको संयुक्त बैठक बसेको थियो ।


शनिबार बसेको बैठकले समाजवादी मोर्चा जिल्ला समन्वय समिति गठन गरी समाजवादी कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निर्णय समेत गरिएको नेकपा माओवादी केन्द्रका नेता पष्प लामिछाने अरुणले बताउनु भयो ।


बागमती प्रदेश समिति सचिवालय सदस्य माईला लामाको प्रमुख आतिथ्यतामा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज निर्दोष सीको अध्यक्षतामा समाजवादी मोर्चा नुवाकोट गठन भएको हो ।

Shivapuri rural municipality awareness message jalapanews


मोर्चाको पहिलो बैठकले आगामी मंसिर ३० गते मोर्चाको बृहत सन्देश सभा विदुरमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्