१२ श्रावण २०८१, शनिबार
Logo

एकै पटक तीन वटा एम्बुलेन्स सञ्चालनमा, अपाङ्गता भएका र सुत्केरी महिलालाई निःशुल्क सेवा

बेलकोटगढी नगरपालिकाले एकै पटकमा तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । निर्वाचन सगैँ धेरै नेतृत्वकर्ताले निर्वाचनको समयमा गरेको प्रतिबद्धता बिर्सनछन् । तर निर्वाचनको समयको प्रतिबद्धता स्मरण गर्दै नगरप्रमुख जगत बहादुर लामाले ३ वटा एम्बुलेन्स हस्तान्तरण गरेको बताउनु भयो ।


प्रमुख जगतबहादुर लामाका अनुसार बेलकोटगढि नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६ को दुई पिपल स्वास्थ्य चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण भएको हो ।


उक्त एम्बुलेन्सले पूर्ण अपाङ्गता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने छ ।
नगर प्रमुख लामाले ३ वटा एम्बुलेन्स मात्रै नगरको लागी पर्याप्त नहुने बताउदै आबश्यकताको आधारमा थप एम्बुलेन्स पनि खरिद गर्ने बताउनु भयो ।


नेकपा माओवादी केन्द्रबाट निर्वाचित लामाले स्वास्थ्य, शिक्षा,कृषि र पर्यटन बिकाश नै नगरपालिकाको संबृद्धीको आधार रहेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्