१२ श्रावण २०८१, शनिबार
Logo

नेपालका असल मित्रहरु संस्थाद्वारा तारकेश्वरका बिद्यार्थीलाई छात्रवृत्ति र बिपन्न नागरिकहरुलाई बाख्रा प्रदान

नेपालका असल मित्रहरु संस्था (जिएफएन) द्वारा तारकेश्वरका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

तारकेश्वर ६ स्थित भमरा आधारभुत बिद्यालयमा अध्यनरत छात्रछात्रा मध्य २० जनालाई छात्रवृत्ति प्रदान गर्नुका साथै ८० जनालाई शैक्षिक सामाग्री प्रदान गरेको हो । त्यसैगरी दाङ्सिङ खर्कका अति बिपन्न एकल महिलाहरुलाई आय आर्जनका लागि सहज होस भन्नका लागि बाख्रा बितरण गरिएको स्थानीय प्रतिनिधि राजु रिमालले बताउनु भयो ।

कार्यक्रममा समाजसेवी डाक्टर भिमलाल तामाङ, तारकेश्वर गाउँपालिका ६ नम्बर वडा अध्यक्ष नारायण प्रसाद रिमाल, समाजसेवी राजन बमरेलको उपस्थीती रहेको थियो । उक्त तारकेश्वर गाउँपालिका ६ नम्बर वडा कार्यालयको समन्वय र राजु रिमालले सहजीकरण गर्नुभएको थियो । सस्थाले सामाजिक अभियन्ता डाक्टर भिमलाल तामाङको नेतृत्वमा सामाजिक कार्य गर्दै आहिरहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्