१२ श्रावण २०८१, शनिबार
Logo

तुप्चेको अकरे र शिवपुरीको तलाखुमा निशुल्क स्वास्थ शिविर हुने

नुवाकोटको तुप्चेमा निशुल्क स्वास्थ शिविर संचालन हुने भएको छ ।

मंसिर १४ र १५ गते बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेको अक्करे बजारमा विभिन्न ७ वटा सामाजिक संघ संस्थाको आयोजना र रेमिको आर्थिक सहयोगमा निशुल्क स्वास्थ शिविर गर्न लागिएको हो ।


स्वास्थ शिविरमा स्त्रीरोग सम्बन्धि सम्पुर्ण सेवा, ल्याबसेवा, जनरल सेवा, दन्त परिक्षण, रेडियोलोजिस्ट तथा नाक कान घाँटी सम्बन्धि स्वास्थ समस्याको विशेषज्ञ चिकित्सकको टोलिले उपचार गर्ने आयोजकले बताएको छ ।


त्यसैगरी मंसिर १६ गते शिवपुरी गाउँपालिकाको तलाखु स्थित ज्वालामुखी आधारभुत बिद्यालय बिनडाँडामा स्वास्थ शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।
आदर्श जनकल्याण युवा क्लब, न्यु तुप्चे युवा क्लब, जनजागृत युवा क्लब, , बेत्रेश्वर समाज सुधार युवा क्लब, स्टार साहुगाउँ युवा क्लब, ड्रीमपाथ फाउन्डेसन नेपाल र काजी ग्रुप नुवाकोटको आयोजना र रेमिको आर्थिक एवं प्राविधिक सहयोगमा निशुल्क शिबिर संचालन हुने बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्