१२ श्रावण २०८१, शनिबार
Logo

प्रगतिशील माध्यमिक बिद्यालयमा तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिदुर नगरपालिका वडा नम्बर ३ खड्ग भञ्ज्याङमा अबस्थित प्रगतिशील माध्यमिक बिद्यालयमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाली कांग्रेसका वरिष्ठ केन्द्रिय सदस्य एवं संघीय सांसद अर्जुन नरसिंह केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा कलाकार हरु सन्तोष अधिकारी, श्याम अर्याल, कोपिला वाइवा, हरिजंग पाण्डे, प्रीती रिमाल तथा जीवन कार्कीले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसि, समाजसेवी केदार नरसिंह केसि, बिदुर नगरपालिका उपप्रमुख प्रभा बोगटी, तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरि प्रसाद रिमाल, जिल्ला प्रहरी प्रमुख संजय सिंह थापा, बिदुर नगरपालिका ३ नम्बर वडा अध्यक्ष बद्री रिमाल, तारकेश्वर गाउँपालिका ६ नम्बर वडा अध्यक्ष नारायण प्रसाद रिमाल, नेपाली कांग्रेस जिल्ला प्रबक्ता नारायण अधिकारी, क्षेत्रीय सचिब ध्रुव ढकाल, तारकेश्वर गाउँ सभापति केशवराज अर्याल, शिक्षाविद राम प्रसाद रिमालको उपस्थिति रहेको थियो । त्यसैगरी सोही कार्यक्रममा समाजसेवी हरिकृष्ण रिमाल द्वारा बिद्यालयमा संचालित दिवा खाजाघर निर्माणका क्रममा खर्च भएको १ लाख ५९ हजार रुपैया बिद्यालयलाई उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्