१२ श्रावण २०८१, शनिबार
Logo

“ब्याबस्था जोगाउन माओवादी रुपान्तरण हुनु पर्छ”-सांसद तामाङ

नेकपा (माओवादी केन्द्र) पोलिट ब्युरो सदस्य हित बहादुर तामाङले माओबादिहरु रुपान्तरण हुन नसके अहिले प्राप्त भएको उपलब्धि गुम्ने खतरा रहेको बताउनु भएकोछ ।

माओवादी बिशेष रुपान्तरण अभियानको सुर्यगढी गाउँपालिका १ नम्बर वडा कमिटीले आयोजना गरेको सहिद स्मृति अन्तर वडा भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङले उक्त कुरा बताउनु भएको हो । नेकपा माओवादी केन्द्रको नेतृत्वमा भएको संघर्षका कारण प्राप्त भएको उपलब्धि जोगाउन फेरि जनताका बिचमा गएर माओवादीको बिचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो।

नेता तामाङले भन्नुभयो “प्रचण्ड नेतृत्वको सरकारले गरेका जनमुखी काम जनताका बिचमा प्रष्ट संग भन्न सक्नुपर्छ” । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सुरु भएको भ्रस्टाचार विरुद्धको अभियान सफल पार्न स्वाभिमानी जनताका साथ अपरिहार्य रहेको बताउनु हुँदै नेता तामाङले अहिलेको रुपान्तरण अभियान प्रत्येक जनताको घर-घरमा, प्रत्येक क्याम्पस, प्रत्येक कारखानामा पुगेर आफ्नो पार्टीको एजेन्डा प्रष्ट संग राख्नुपर्ने बताउनु भयो ।


घर घरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ चलिरहेको अभियान अन्तरगत भलिबल प्रतियोगिता सन्चालन गरिएको वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार तामाङ रन्जितले बताउनु भयो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु जानुका धमला, राजेन्द्र न्यौपाने, गाउँकमिटी उपाध्यक्ष गुरु प्रसाद अधिकारी, सचीव पुरुषोत्तम अधिकारी, सहसचिव कुमार राई,सदस्यहरु रामेश्वर खनाल, सुरज तामाङ, रबिन्द्र तामाङ, पार्टी सचीव देवराज तामाङ सहितको उपस्थिति रहेको जनाइएको छ । नुवाकोटका स्थापित कलाकार दामोदर खतिवडाका साथै स्थानीय कलाकारका साथमा बृहत साँस्कृतिक कार्यक्रम सन्चालन गरिएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

बुधबार बाट सुरु भएको सहिद स्मृति अन्तर वडा भलिबल प्रतियोगितामा ६ वटा समुहको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्