२६ माघ २०८१, शनिबार
Logo

रास्वपा तारकेश्वरद्धारा गाउँपालिकाका शिक्षकलाई तुरुन्त तलब निकाशा गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वरले गाउँपालिकाका शिक्षकहरू लाई तुरुन्त तलब निकाशा गर्न माग गरेको छ ।

गाउँपालिका सभापति इश्वर अर्यालले आइतबार बिज्ञप्ती जारी गर्दै श्रावण देखि रोकिएको तलब निकासा गर्न माग गरेका हुन् । गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले पदिय जिम्मेवारी लाई बिर्सेर , शिक्षक सरुवाको बिषयलाई लिएर सामाजिक संजालमा गाली गलौज र धम्किको भाषा प्रयोग गरि दशैंको मुखमा शिक्षकको सेवा सुविधा रोक्का गरेर उल्टै कारबाही गर्छु भनी धम्की दिएको अभिव्यक्ति प्रती खेद प्रकट गर्दै अबिलम्ब सेवा सुविधा उपलब्ध गराउन तारकेश्वर गाउँपालिका संग सभापति इश्वर अर्यालले बिज्ञप्ती मार्फत माग गरेका हुन् ।

गैरकानुनी रुपमा शिक्षक सरुवा गरिएको भन्दै बिगत दुई महिना देखि अधिकांस कार्यपालिका सदस्य, गाउँ शिक्षा समितिका सदस्यहरु, बिद्यालय ब्यबस्थापन समिती, बिद्यालयका प्रधानाध्यापक हरुले शैक्षिकसत्रको बिचमा सरुवा गर्दा शैक्षिक वातावरण खलबलिने भन्दै निर्णय सच्याउनका लागि संघर्षरत रहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्