१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरमा जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान-जनवर्गीय संगठनको नया नेतृत्व

नेकपा (माओवादी केन्द्र) तारकेश्वरको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको क्रममा जनवर्गीय संगठनहरुको भेला तथा प्रशिक्षणहरु सम्पन्न भएका छन् ।


तारकेश्वर गाउँपालिका वडा नम्बर ३ मा तामाङ राष्ट्रिय मुक्तिमोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा कमिटी गठन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य राममाया बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेला मार्फत तामाङ राष्ट्रिय मुक्तिमोर्चाको ३ नम्बर अध्यक्षमा सुकराम तामाङको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।


त्यसैगरी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ३ नम्बर वडामा सीता तामाङको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटीगठन भएको छ ।
जन संगठनहरुको भेलालाई माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य राम माया बोगटी, गाउँ कमिटी अध्यक्ष सोम बहादुर तामाङ, माओवादी केन्द्रका नेता बद्री ढुंगाना लगायतका नेताहरूले प्रशिक्षण दिएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्