जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान- शिवपुरीमा जनबर्गीय संगठनहरुको भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान नुवाकोटको शिवपुरी गाउँपालिकामा उत्साहजनक रुपमा चलिरहेको छ ।
यसै क्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ६ समुन्द्रादेबिमा जनबर्गीय संगठनहरुको भेला सम्पन्न भएका छ । तामाङ मुक्तिमोर्चा, दलित मुक्तिमोर्चा र अनेमसंघ (क्रान्तिकारी) वडा कमिटी गठन गरिएको जनाइएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवपुरी गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको अध्यक्षमा शुभद्रा तामाङ चयन हुनुभएको छ । संगठनको उपाध्यक्षमा सम्झना तामाङ, सचीवमा रोसिका तामाङ, सहसचिव सुनिता तामाङ र कोषाध्यक्षमा रोजिना तामाङ सहित १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

त्यसैगरी नेपाल दलित मुक्तिमोर्चाको अध्यक्षमा हरि बहादुर बिक, सचीव रबिन्द्र बिक, कोषाध्यक्षमा जयराम सिलवाल सहित १५ जनाको वडा कमिटी गठन भएको छ ।
तामाङ राष्ट्रिय मुक्तिमोर्चाको अध्यक्षमा कैलास तामाङ, उपाध्यक्षमा डिल बहादुर तामाङ, सचीव सन्तोष तामाङ, सहसचिव दोर्जे तामाङ र कोषाध्यक्षमा सुर्य बहादुर तामाङ सहित १५ सदस्यीय वडा कमिटी चयन भएको छ ।
जन वर्गीय संगठनहरुको भेलालाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तेज बहादुर मिजार, बागमती प्रदेश समिति सदस्य राजन गौतम, रत्न बहादुर सुनार, शिवपुरी गाउँकमिटी अध्यक्ष मीन बहादुर तामाङ, शिवपुरी गाउँपालिका उपाध्यक्ष वीर बहादुर तामाङ, माओवादी नेता दिनेश तामाङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्