१२ श्रावण २०८१, शनिबार
Logo

सुर्यगढीमा माओवादी बिशेष रुपान्तरण अभियान,एमाले र कांग्रेस परित्याग गरि माओबादीमा समाहित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जनता संग माओवादी बिशेष रुपान्तरण अभियान सुर्यगढी गाउँपालिकामा उत्साहजनक रुपमा जारी रहेको सुर्यगढी माओबादिले जनाएको छ ।

सुर्यगढी गाउँपालिका वडा नम्बर १ को साविक ५ नम्बर वडाको सल्यानडाडामा टोल कमान्ड इन्चार्ज कृष्ण बहादुर सुनारको अध्यक्षता तथा बागमती प्रदेश समिती सदस्य तथा सुर्यगढी कमाण्ड इन्चार्ज राजेन्द्र न्यौपानेको बिशेष उपस्थितिमा सम्पन्न भएको हो ।

सुर्यगढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष राजकुमार तामाङ रन्जित ,गाउँ पालिका सदस्य तथा सुर्यगढी वाइसीएल संयोजक रबिन्द्र गोले तामाङ , गाउँ समिती सदस्य कमला तामाङ , राज कुमार तामाङ , निशा तामाङ, बुद्धिजीवी संगठन सुर्यगढी संयोजक रामेश्वर खनाल लगायतको उपस्तिथिमा सुर्यगढी १ लच्याङ साबिक ५ सल्यानडाडा टोलमा अबस्थित महिला समुह भवनमा स्थानीय निवासीहरुको उत्साहजनक उपस्तिथिमा बिबिध बिसयमा छलफल तथा अन्तरक्रियाका साथ महत्वपूर्ण निर्णयहरु गर्दै बैठक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको सुर्यगढी १ का अध्यक्ष रन्जितले बताउनु भयो ।

त्यसैगरी सुर्यगढी १ साबिक लच्याङ ४ जोङ डाँडामा काजी तामाङको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्य नविकरण तथा नयाँ सदस्यता प्रदान गरिएको वडा अध्यक्ष तामाङले बताउनु भयो । जनता संग माओवादी बिशेष रुपान्तरण अभियान संचालन गरिएको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेको तत्कालीन वडा समिती सचिब राज तामाङको नेतृत्वमा २ दर्जन नेता कार्यकर्ता साथै नेपाली कांग्रेसका कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्