शिवपुरीमा जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको पहिलो चरण सम्पन्न, दोश्रो चरण सुरु
![](https://www.jalapanews.com/wp-content/uploads/2023/09/111111.jpg)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिवपुरी गाउँ कमिटी जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको पहिलो चरण सम्पन्न गरेर दोश्रो चरणको अभियान सफल बनाउन जुटेको छ ।
भदौ १६ गते गाउँपालिकाको सबै ८ वटै वडाबाट सुरु गरिएको अभियान सार्वजनिक स्थानहरुको सरसफाइमा केन्द्रीत भएको थियो ।
अभियानको पहिलो चरणमा वडा पार्टी कार्यालयको उद्घाटन, वडा कमिटीहरुको बैठक बसेर आन्तरिक पार्टीको छ्लफल, पार्टी कमिटी भित्रको आन्तरिक समस्याको खोजि गरिएको थियो ।
हाल पहिलो चरणको समिक्षा सहित दोश्रो चरणको कार्यक्रम तय गरिएको छ ।
समिक्षा बैठकमा नेकपा (माओवादी केन्द्र) केन्द्रिय नेता एवम् सांसद हित बहादुर तामाङ, , राधिका तामाङ, केन्द्रिय सदस्य एवम शिबपुरी अभियान संयोजक तेज बहादुर मिजार, बागमती प्रदेस कमिटी सदस्य राजन गौतम, रत्न बहादुर सुनार सहितको उपस्थितिमा समिक्षा बैठक सम्पन्न भएको हो ।
![](https://www.jalapanews.com/wp-content/uploads/2023/09/2222222222222222-768x576.jpg)
जनता संग माओवादी बिशेष रुपान्तरण अभियानको पहिलो चरण उत्साहजनक रुपमा सम्पन्न भएको समिक्षा गरिएको छ ।
जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको दोश्रो चरणमा जनबर्गिय संगठनहरुको भेला तथा प्रशिक्षण गरिने, वडा कमिटीहरुको गठन, पुनर्गठन गर्ने, पार्टी सदस्य नबिकरण तथा नयाँ बितरण गर्ने निर्णय गरेको छ ।
अभियानमा सहभागि हुने र नहुने नेता कार्यकर्ताको सुचि बनाइ अभियानमा सहभागि नहुनेलाइ सचेत गर्ने निर्णय गरेको छ साथै सामाजिक अभियानका लागि वडा पार्टी कमिटीले आफ्नै सिर्जनसिलतामा कार्यक्रम बनाउने समिक्षा बैठकले निर्णय गरेको शिबपुरी ७ का वडा कमिटी अध्यक्ष श्याम पाण्डेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्