२४ कार्तिक २०८१, शनिबार
Logo

लिखुका बिद्यार्थीलाई बिद्यालय पोषाक र जुत्ता हस्तान्तरण

लिखु गाउँपालिका भित्र अध्ययन गर्ने गरिब तथा जेहेन्दार, अपांगता भएका र अनाथ बालबालिकाहरुलाई सम्भव नेपाल नामक गैरसरकारी सस्थाले छात्रवृत्ती प्रदान गरेको छ ।


सोमबार लिखु स्थीत अमिलबोटेमा सम्पन्न कार्यक्रममा १४ बिद्यालयका ६५ जना बिद्यार्थीलाई बिद्यालय पोषाक र जुत्ता हस्तान्तरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले आर्थिक अभावको भुमरी खेपिरहेका अभिभाबकलाई यो सहयोगले सहजता भएको बताउदै बिद्यार्थीहरु पनि जुत्ता र पोषक पाएपछि नियमित बिद्यालय आउने बताउनु भयो ।


त्यस्तै कार्यक्रलाई सम्बोधन गर्दै लिखु गाउँपालिकाका उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेतीले सम्भब नेपालले प्रशंसायिन काम गरेको बताउनु भयो । उहाँले सामुदायिक बिद्यालयमा सबै जसो बिद्यार्थीको आर्थिक अबस्था कमजोर रहेको बताउदै आगामी दिनमा सबै छात्रछात्राहरुलाई छात्रवृत्ती कार्यत्रममा समाबेश गराउन आग्रह गर्नु भयो ।


कार्यक्रममा सम्भव नेपालका अध्यक्ष कपिल देवकोटाले गरिविको समस्याले गर्दा बिद्यालय जान नसक्ने बालबालिकाहरुलाई पहिलो चरणमा पोषाक र जुत्तादिएको बताउनु भयो । उहाँले छात्रवृत्ती पाउने बालबालिकाहरुलाई निरन्तर सहयोग गरि रहने बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews


कार्यक्रममा लिखु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकर कुमार शाह, योजना प्रमुख रामचन्द्र लामिछाने, खेलकुख शाखा प्रमुख साधुराम फुयाल, स्वास्थ्य शाखा प्रमुख भिम रोक्का ,सम्भब नेपालका उपाध्यक्ष बिष्णु प्रसाद धमला, केएफसीका पारसमणि खनाल लगाएतको उपस्थीती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्