१२ श्रावण २०८१, शनिबार
Logo

क्षेत्रपाल माध्यामिक बिद्यालयमा फुड फेस्टिबल


लिखु गाउँपालिका वडा नं ४ स्थित चौघडामा रहेको क्षेत्रपाल माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले फुड फेस्टिबल, मनाएका छन् ।


कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो परियोजना कार्य अन्तर्गत स्थानीय उत्पादनबाट खानाका विभिन्न स्वादिष्ट परिकारहरू बनाएर फुड फेस्टिबल मनाएको बिद्यालयका प्रधानाध्यापक हरि प्रसाद सुवेदीले बताउनु भयो ।
शैद्धान्तीक ज्ञान भए पनि ब्यावहारिक ज्ञानको कमी हुदै भएको समयमा अध्ययन सँगं जीवन उपयोगी सिपको लागी बिद्यालयमा अतिरिक्त कृयाकलाप गराउदैँ आएको प्रधानाध्यापक सुवेदीले बताउनु भयो ।


विद्यार्थीले बनाएका परिकार स्थानीय उत्पादित वस्तुहरुबाट तयार पारिएको थियो । उनीहरुले बनाएका परिकारहरुलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरुले निकै स्वादिष्ट मानेर खाएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्