सडकको ढुँगा हटाएपछि नागरिकलाइ आवतजावतमा सहज

समुन्द्रटार रामती घ्याङ्फेदी सडक अन्तर्गत पर्ने समुन्द्रटारमा सडक माथिबाट पहिरो सहित आएको ढुँगा हटाएपछी बिहान देखि अबरुद्ध भएको सडक बिहिवार अपरान्ह देखि संचालनमा आएको छ ।
बिहिवार बिहान सडक माथिबाट खसेको ढुंगाका कारण सडक अबरुद्ध हुँदा कयौं यात्रुबाहक तथा मालबाहक सवारी साधन बिहानैबाट अलपत्र परेका थिए ।

सडकमा ढुँगा हटाएसंगै घ्याङफेदी, शिखरबेशी, रामती लगायत स्थानका नागरिकलाइ आवतजावतमा सहज भएको छ । गतबर्षको बर्षातमा ठूलो क्षती ब्यहोरेको दुप्चेश्वर गाउँपालिका यस बर्ष पनि पानीसंगै पहिरो जान थालेपछी सतर्क रहेको गाउँपालिकाले जनाएको छ ।
बर्खाको समयमा हुने बिपत्तिका घटना कम गर्न सबै नागरिकहरुलाई चनाखो रहन पालिकाले आग्रह गरेको छ भने बिपदको समयमा नागरिकसँगै स्थानीय सरकार रहने समेत पालिकाले बताएको छ
प्रतिक्रिया दिनुहोस्