१२ श्रावण २०८१, शनिबार
Logo

ललिता निवास जग्गा प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जाेडिएकाे आराेपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उनी विराटनगर जानका लागि बोर्डिङ पास लिएर विमानस्थलभित्र बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने क्रममा राउतको पनि संलग्नता देखिएको भन्दै सीआईबीले उनीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी लिएको थियो । 

याेसँगै ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयाेगका पूर्वआयुक्त सुधीर शाहसहित १२ जना पक्राउ परेका छन् । यस प्रकरणमा चार सय जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्