१२ श्रावण २०८१, शनिबार
Logo

पिक प्वाईन्ट एजुकेशन नेटवर्कलाई सर्वोत्कृष्ट शिखर शिक्षा सम्मान

-चिरञ्जीवी नेपाल,काठमाडौँ,

बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको पिक प्वाईन्ट एजुकेशन नेटवर्कलाई सर्वोत्कृष्ट शिखर शिक्षा वर्ष सम्मान-२०८० प्रदान गरिएको छ।

शिखर नेपालको आयोजनामा राष्ट्रिय नाचघर जमलमा बिहीबार भएको तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड तथा शिखर सम्मान समारोहमा पिक पोइन्ट एजुकेशन नेटवर्कलाई उक्त सम्मान गरिएको हो। लामो समय देखि शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि प्रदान गरिएको सो सम्मान नेपाल सरकारका कृषि मन्त्री माननीय डा. बेदुराम भुसालले विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यार्थीहरूको भावना र युगलाई सुहाउँदो शिक्षा प्रदान गर्ने अभियानमा सो नेटवर्कको महत्त्वपूर्ण भूमिका रहेकोले सो सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्मान कार्यक्रमपछि विद्यालयका प्राधानाध्यपक ई. बिनय श्रेष्ठले वि.सं. २०८० को भव्य उद्घाटन भएको अभिव्यक्ति राख्दै खुसी व्यक्त गर्नुभएको छ । उहाँले विद्यालय परिवारका ऊर्जावान शिक्षकहरू लगायत सम्पूर्ण सदस्यहरू, शुभचिन्तक, अभिभावकहरू र विद्यार्थीहरूको पनि निरन्तर प्रयासले यो उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

वि. सं. २०६० सालमा स्थापना भएको विद्यालयले विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षाभन्दा माथि उठेर जीवनोपयोगी र संस्कारयुक्त शिक्षा दिँदै आएको छ । शिक्षालाई युग, प्रविधि र सिप अनि संस्कार, आचरण र व्यवहारसँग जोड्नुपर्ने विद्यालयको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्