सुर्यगढीमा बजार अनुगमन

सुर्यगढी गाउँपालिका द्वारा बजार अनुगमन कार्यलाई तिव्र पारेको छ ।
गाउँपालिका उपाध्यक्ष मन्जु बुढाथोकी ढकालको नेतृत्वमा गएको टोलिले वडा नम्बर ३ स्थित फलाटेमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका खाध्य सामाग्री भेटिनुका साथै उद्देश्य भन्दा बाहेक बेच्न राखिएको सामाग्री भेटिएको उपाध्यक्ष ढकालले बताउनु भयो ।

अनुगमनका क्रममा भेटिएका अखाद्य सामाग्री नस्ट गर्ने र अर्को पटक अनुगमनमा आउँदा कमजोरी भेटिएमा नियमानुसार कारवाही गरिने अनुगमनमा खटिनुभएका कानुनी सहजकर्ता राममणी अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्