२१ मंसिर २०८१, शुक्रबार
Logo

सरकार र ककनीका किसान श्रीराम घिमिरे बीच सहमति,सहमति पछि अनशन तोडे

सरकार र आमरण अनशन बसेका नुवाकोट ककनीका किसान श्रीराम घिमिरे बीच सहमति भएको छ ।
सहमतिपछि घिमिरेले आज १२ दिन पछि अनशन तोडेका छन् । उनी अनशन बसिरहेको नयाँ सडकको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर अनशन तोडाएका हुन् ।


उनले किसानलाई बैंक ब्याजदर ६ प्रतिशत मात्र तोक्नुपर्ने, मल, बीउ, कृषि औजारमा अनुदान दिनुपर्ने, कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने, किसानलाई परियोजना धितोमा ५० लाख रुपैयाँ सम्म १ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने, कृषकको परिचयपत्र बनाई यातायात भाडामा ५० प्रतिशत छुट गर्नुपर्ने लगायतका माग राखेर ५ वैशाखदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्