११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपमा

एसीसी प्रिमियर कप क्रिकेटमा आज आइतवारको खेल पानी परेर रद्द भएपछि ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।

तेस्रो स्थानका लागि कुवेतसँगको खेल हुन नसकेपछि एकदिवसीय वरीयताको आधारमा ओमान इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो । कुवेतले जितका लागि दिएको १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो ।

एकदिवसीय वरीयतामा ओमान १८ औँ स्थानमा छ । कुवेतले भने एकदिवसीय मान्यता पाएकाे छैन ।

नेपाल र यूएईले यसअघि नै इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाइसकेका छन् । भोलि नेपाल र यूएईबीच फाइनल खेल हुनेछ । पानी परेर भोलि खेल हुन नसके पर्सि मङ्गलवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्