१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरमा खानेपानी उपभोक्ता समिति र प्रभावितहरु बिच बिवाद चर्कियो

तारकेश्वर गाउँपालिकामा खानेपानी योजनाको बिषयलाई लिएर खानेपानी उपभोक्ता समिती र योजनाका मुल प्रभावित उपभोक्ताहरुको बिचमा विवाद चर्कदै गएको छ ।


जोरघट्ट तारुका खानेपानी उपभोक्ता समितिले निर्माण कार्य अगाडी बढाउने निर्णय गरेपछी योजनाको प्रभावित उपभोक्ताहरु कौछिनी, टारिखेत, धुसेनी, काउले लगाएतका खानेपानी उपभोक्ता तथा सिँचाइ उपभोक्ताहरु आन्दोलित भएका हुन । बर्षौ देखि जोरघट्ट मुहानबाट ३ सय घरधुरीले खानेपानी घरायसी र सिँचाइ गर्न प्रयोग गर्दै आहिरहेका छन ।


केहिदिन अगाडी गाउँपालिका अध्यक्ष शिव अधिकारिले जबर्जस्ती रुपमा खानेपानी योजना अगाडी बढाउने अभिव्यक्ति दिएपछी प्रभावित उपभोक्ताहरु अध्यक्ष विरुद्ध थप आक्रामक बनेका हुन ।

प्रभावितहरुलाइ ब्यवस्था गरि योजना अगाडी बढाइएमा त्यसपछिको परिस्थितिको जिम्मेवार स्वयं पालिका अध्यक्ष शिव अधिकारी, वडा अध्यक्षहरु र उपभोक्ता समितिका पदाधिकारी हुने जनाइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews


योजना प्रभावित उपभोक्ताहरुको भेला बैशाख १० गते बसि थप संघर्षका कार्यक्रम तय गर्ने बताइएको छ । तल्लो कौछिनी खानेपानी उपभोक्ता समिती र अँधेरिखोला सिँचाइ उपभोक्ता समितिको नेतृत्वमा संघर्ष हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्