१२ श्रावण २०८१, शनिबार
Logo

पेसामा मर्यादित हुन नसकेको कारण एक शिक्षिका शिक्षण पेसाबाट बर्खास्त

पेसामा मर्यादित हुन नसकेको कारण दुप्चेश्वरकी एक शिक्षिकालाई शिक्षण पेसाबाट बर्खास्त गरिएको छ ।
चनभुमे आधारभुत बिद्यालयले तत्कालीन बिद्यालयका प्रधानाध्यापक मिना कुमारी तामाङलाई पदिय आचरण बिपरित कार्य गरेको आरोपमा सेवाबाट बर्खास्त गरेको छ ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरबेसिमा प्राथमिक तहको राहत करार सेवामा नियुक्त भइ बिद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहेको समयमा आर्थिक अपचलन देखि सामाजिक रुपमा समेत खलल पुग्ने गतिविधि गरेपछी बर्खास्त गरेको जनाइएको छ ।


प्रधानाध्यापकको जिम्मेवारीमा रहँदा शिक्षक तामाङले बिद्यालयको नाममा भएको पैसा आफ्नो ब्यक्तिगत खातामा सारेको, २०७४ सालमा दुप्चेश्वर ७ का वीर बहादुर तामाङको नाममा रहेको बिद्यालयको नाममा खरिद गरिएको जग्गा र सो जग्गाको खरिद बापतको रकम बिद्यालयले भुक्तानी गरेर पनि बिद्यालयको नाममा रजिस्ट्रेशन नगरेको, नियमित रुपमा बिद्यालय नआउने लगायतका बिषयमा ३ पटक सम्म स्पस्टिकरण सोधिएकोमा एउटा पनि जवाफ नदिएपछी बर्खास्त गरिएको बिद्यालयले जनाएको छ ।


२०७९ पौष १ गते बिद्यालयले निष्कासन गरेपछी शिक्षा बिकाश तथा समन्वय इकाई नुवाकोट कार्यालयले शाखा अधिकृतको संयोजकत्वमा २०७९ पौष २८ गते छानबिन समिति गठन गरेको थियो ।
उक्त छानबिन समितीले तत्कालीन प्रधानाध्यापक मिना कुमारी तामाङ, बिद्यालयका निमित्त प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समिती लगायतसंग छलफल पश्चात बनाइएको प्रतिबेदनमा बिद्यालय ब्यबस्थापन समितिले गरेको निर्णय ठिक रहेको र नयाँ शिक्षक नियुक्तिको बाटो खुलेको छ ।
शिक्षा बिकाश तथा समन्वय इकाई नुवाकोट कार्यालयले तयार गरेको प्रतिबेदन यस्तो रहेको छ ।

शिक्षा बिकाश तथा समन्वय इकाई नुवाकोट कार्यालयले तयार गरेको प्रतिबेदन

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्